०४ कार्तिक २०८२, सोमबार

चन्दा नदिएको भन्दै विराटनगरमा फार्मेसी सञ्चालकमाथि छुरा प्रहार

विराटनगर । विराटनगरस्थित मायालु फार्मेसीका सञ्चालक सुभाषप्रसाद सिंहमाथि चन्दा नदिएको आरोप लगाउँदै छुरा प्रहार गरिएको छ। सिंह गम्भीर घाइते भई हाल विराटनगरको नोबेल अस्पतालमा उपचाररत छन्।

मोरङ प्रहरीका अनुसार आइतबार राति विराटनगर–७ मा ‘काले’ भनेर चिनिने विश्वास मण्डल नेतृत्वको समूहले सिंहमाथि आक्रमण गरेको हो। उक्त समूहले विराटनगरका विभिन्न फार्मेसीबाट हप्ता असुल्दै आएको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

घटनाको क्रममा फार्मेसीमा कार्यरत दयानन्द मण्डलसहित अन्य स्टाफलाई समेत कुटपिट गरिएको छ। पीडितहरूले विश्वास मण्डलसहित श्याम चन्द्रवंशी, सुरज पासवान, अरुण यादव र सायद अन्सारीविरुद्ध प्रहरीमा जाहेरी दर्ता गरेका छन्।

मोरङ प्रहरीकी प्रवक्ता डीएसपी कोपिला चुडालका अनुसार मुख्य अभियुक्त विश्वास मण्डललाई घटनामा प्रयोग गरिएको छुरासहित नियन्त्रणमा लिइएको छ।

प्रतिक्रिया
मिल्दोजुल्दो

If you have any questions about this Privacy Policy or your information, please contact us:

Email: [[email protected]]
Phone: 9852066206
Address: [Biratnagar nepal]