
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख २१ हजार ७ सय रुपैयाँ मा कारोबार भइरहेको छ ।
हिजो सुन प्रतितोला २ लाख १७ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । आज तोलामा ३,९०० रुपैयाँले मूल्य बढेको महासङ्घले जनाएको छ ।
त्यसैगरी, आज चाँदी प्रतितोला रू २,६८० मा कारोबार हुने भएको छ । अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस करिब ३ हजार ७ सय ४८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।