०४ कार्तिक २०८२, सोमबार

पूर्वप्रधानमन्त्री खनालकी पत्नी भारतमा थप उपचारका लागि लगिँदै

काठमाडौं । जेनजेड आन्दोलनका क्रममा आफ्नै घरमा आगजनीमा परेर गम्भीर घाइते भएकी पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकारलाई थप उपचारका लागि भारत लगिने भएको छ।

कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचाररत चित्रकारलाई ज्वरो र निमोनियासहित फोक्सोमा समस्या देखिएपछि पारिवारिक स्रोतका अनुसार उनलाई सोमबार भारत पठाउने तयारी भइरहेको छ। उनका छोरा निर्भिकसहित एयर एम्बुलेन्समार्फत उनलाई दिल्लीस्थित एपोलो अस्पतालमा लगिनेछ।

उपचारका क्रममा चित्रकारको बायाँ हात काट्नुपर्ने अवस्था आएको थियो। अस्पतालका वरिष्ठ प्लाष्टिक सर्जन डा। शंकरमान राईका अनुसार उनका शरीरमा करिब १५ प्रतिशत जलन भएको छ र अहिले उनको ज्यान खतरा बाहिर छ। तर निमोनिया निको हुन अझ समय लाग्ने बताइएको छ।

डा। राईले बताएअनुसार आगजनीपछि फोक्सोमा धेरै धुवाँ पुगेको थियो र मेसिनको प्रयोग गरेर त्यसको असर कम गरिएको थियो। स्वास्थ्यमा सुधार देखिएको भए पनि परिवारको सल्लाह अनुसार उनलाई पूर्ण उपचारका लागि भारत लगिँदैछ।

प्रतिक्रिया
मिल्दोजुल्दो

If you have any questions about this Privacy Policy or your information, please contact us:

Email: [[email protected]]
Phone: 9852066206
Address: [Biratnagar nepal]