०४ कार्तिक २०८२, सोमबार

शिक्षामन्त्री पुनले गरे मन्त्रालयमै बस्ने घोषणा, मन्त्रालयमै भान्सा बनाउन दिए निर्देशन

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले आफूलाई सरकारी क्वाटर नचाहिने र मन्त्रालयमै बस्ने बताएका छन् ।

पदभार ग्रहण गरेपछि मन्त्री पुनले आफूले अविष्कार केन्द्रबाट राजीनामा दिइसकेको जानकारी दिए । “यो पद ग्रहण गरेपछि अविष्कार केन्द्रमा बस्न मिल्दैन, मैले राजीनामा दिइसकेँ,” उनले भने ।

सरकारी क्वाटरको व्यवस्थाबारे पत्रकारले प्रश्न गर्दा उनले मन्त्रालयमै बस्ने जवाफ दिए । “मेरो त जहाँ काम गर्यो त्यहीँ बस्ने बानी छ । एउटा कोठा बनाउनुस्, मन्त्रालयमै बस्छु । एउटा कुर्सी चाहिन्छ, किचन चाहिन्छ, आफैं पकाएर खान्छु,” कर्मचारीहरुलाई मन्त्री पुनले निर्देशन दिएका छन् ।

उनले आफूलाई सुरक्षाकर्मीसमेत आवश्यक नपर्ने धारणा व्यक्त गरे । हाल मन्त्रालयमा एक जना प्रहरी र एक जना सैनिक सुरक्षार्थ खटाइए पनि उनले कमाण्डरलाई रिपोर्ट गरेर मन्त्रालयमा मात्र सीमित रहन निर्देशन दिए ।
मन्त्रालयको सवारीसाधन भने औपचारिक कामका लागि मात्र प्रयोग गर्ने बताउँदै मन्त्री पुनले आफ्नो कार्यशैली सरल र सेवामुखी हुने बताए ।

प्रतिक्रिया
मिल्दोजुल्दो

If you have any questions about this Privacy Policy or your information, please contact us:

Email: [[email protected]]
Phone: 9852066206
Address: [Biratnagar nepal]