०४ कार्तिक २०८२, सोमबार

शिक्षामन्त्री पुनद्वारा पदभार ग्रहण, विज्ञान प्रविधिका लागि चार सल्लाहकार समिति गठन

काठमाडौँ  । नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले पदभार ग्रहण गरेका छन् ।

आज राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेलगत्तै उनले केशरमहलस्थित मन्त्रालय पुगेर पदभार ग्रहण गरेका हुन् ।

पदभार ग्रहणसँगै मन्त्री पुनले विज्ञान तथा प्रविधि क्षेत्रसँग सम्बन्धित चार सल्लाहकार समिति गठन गर्ने निर्णयमा हस्ताक्षर गरे । मन्त्रालयका अनुसार अन्तरिक्ष प्रविधि, न्यूक्लियर टेक्नोलोजी, बायोटेक्नोलोजी र सूचना प्रविधि तथा एआईसम्बन्धी सल्लाह दिन ती समिति गठन गरिएको हो ।

समितिको कार्यक्षेत्र प्रस्ताव गरिएको छ भने सदस्यहरूको नाम पछि टुंगो लगाइने मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया
मिल्दोजुल्दो

If you have any questions about this Privacy Policy or your information, please contact us:

Email: [[email protected]]
Phone: 9852066206
Address: [Biratnagar nepal]