०४ कार्तिक २०८२, सोमबार

अन्तरिम सरकारका मन्त्रीहरूमा खनाल पहिलो, सातौँमा सञ्चारमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशिला कार्की नेतृत्वको अन्तरिम सरकारका मन्त्रीहरूको वरीयतामा अर्थमन्त्री रामेश्वर खनाल पहिलो नम्बरमा परेका छन् ।

राष्ट्रपतिले प्रधानमन्त्री कार्कीको सिफारिसमा चार मन्त्री नियुक्त गर्दै मन्त्रालय हेरफेरसमेत गरेका छन् । सो क्रममा अर्थमन्त्री रामेश्वर खनाल पहिलो वरीयतामा परेका छन् ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयको जिम्मेवारी पाएका कुलमान घिसिङ दोस्रो वरीयतामा रहेका छन् । त्यस्तै, गृहमन्त्री ओमप्रकाश अर्याल तेस्रो स्थानमा परेका छन् ।

आजै शपथ लिएका उद्योग, कानुन तथा भूमि मन्त्री अनिल सिन्हा चौथो वरीयतामा परेका छन् भने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय सम्हालेका महावीर पुन पाँचौँ स्थानमा छन् ।

यसैगरी, कृषि मन्त्री मदन परियार छैटौँ र सञ्चार मन्त्री जगदीश खरेल सातौँ वरीयतामा रहेका छन् ।

प्रतिक्रिया
मिल्दोजुल्दो

If you have any questions about this Privacy Policy or your information, please contact us:

Email: [[email protected]]
Phone: 9852066206
Address: [Biratnagar nepal]