०४ कार्तिक २०८२, सोमबार

प्राधिकरणबाट हटाइए हितेन्द्र

 

काठमाडौं । नेपाली विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई सरुवा गरिएको छ।

गृहमन्त्री ओमप्रकाश अर्यालले दिएको जानकारीअनुसार शाक्यलाई जल तथा ऊर्जा आयोगमा सरुवा गरिएको हो। त्यस्तै, रिक्त बनेको विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदमा प्राधिकरणका पूर्व उपकार्यकारी निर्देशक मनोज सिलवाललाई नियुक्त गर्ने निर्णय भएको छ।

सरकारको निर्णयअनुसार अब शाक्य जल तथा ऊर्जा आयोगमा जिम्मेवारी सम्हाल्नेछन् भने सिलवालले विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकको नेतृत्व लिनेछन्।

प्रतिक्रिया
मिल्दोजुल्दो

If you have any questions about this Privacy Policy or your information, please contact us:

Email: [[email protected]]
Phone: 9852066206
Address: [Biratnagar nepal]