०४ कार्तिक २०८२, सोमबार

झापामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

बनियानी । झापाको विर्तामोड नगरपालिका ७ खालबाडीमा गएराति हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार मृतक करिब ३६ वर्षका पुरुष हुन् । मृतकको नाम र ठेगाना भने खुल्न सकेको छैन ।

तराई मूलको जस्तो देखिने ती पुरुषलाई जङ्गलबाट आएको हात्तीले आक्रमण गरेको प्रहरीले जनाएको छ । आज बिहान करिब ६ः२० बजे स्थानीयवासीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

घटनाबारे जानकारी पाएलगत्तै थप अनुसन्धान र कानुनी प्रक्रियाका लागि इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी टोली खटाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया
मिल्दोजुल्दो

If you have any questions about this Privacy Policy or your information, please contact us:

Email: [[email protected]]
Phone: 9852066206
Address: [Biratnagar nepal]