०४ कार्तिक २०८२, सोमबार

अपहरणपछि किशोरको हत्या, आँप बगैचामा शव फेला

सिरहा – गोलबजार नगरपालिका–१३ डंग्राहाका १७ वर्षीय अभिषेक महतोको अपहरणपछि हत्या गरिएको अवस्थामा शव फेला परेको छ। आइतबार राति हराएका महतोको शव सोमबार बिहान घरदेखि करिब एक सय मिटर पूर्व आँप बगैचामा भेटिएको हो।

आफ्नै ट्याक्टर चलाउने अभिषेक आइतबार राति खाना खाएपछि घर नजिकैको चोकतर्फ निस्किएका थिए। तर, घर नफर्केपछि परिवारले रातभर खोजतलास गरेका थिए। सोमबार बिहान अभिषेककी आमाको मोबाइलमा इमोमार्फत पाँच करोड रुपैयाँ फिरौती मागिएको सन्देश आएको थियो।

इलाका प्रहरी कार्यालय गोलबजारका निरीक्षक गोविन्द साहका अनुसार घटनाबारे अनुसन्धान सुरु भएको छ। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी धर्मेशकुमार यादवले अपराधी पत्ता लगाउन डग स्क्वाड परिचालन गर्ने तयारी भइरहेको जानकारी दिए।

प्रतिक्रिया
मिल्दोजुल्दो

If you have any questions about this Privacy Policy or your information, please contact us:

Email: [[email protected]]
Phone: 9852066206
Address: [Biratnagar nepal]