
काठमाडौँ । प्यालेस्टिनी विद्रोही लडाकु हमासले आफ्नो नियन्त्रणमा रहेको विपिन जोशीसहित ४८ जना बन्धकको ‘बिदाइ तस्बिर’भन्दै शनिबार सार्वजनिक गरेको छ ।
दोहा मुख्यालय रहेको अलजजिरा अनलाइनका अनुसार हमासको कसाम ब्रिगेड्सले सार्वजनिक गरे पनि उनीहरुको अवस्था र विस्तृत विवरण खुलाइएको छैन । प्रत्येकलाई १९८६ मा लेबनानमा हराएका इजरायली वायुसेनाका कप्तान रोन अराडको नाम राखिएको छ ।
इजरायलले गाजा क्षेत्रमा सैन्य आक्रमण तीव्र बनाइरहेको अगाडि बढिरहेको बेला बन्धकहरुको जीवन जोखिममा रहेको भन्दै हमासले बिदाइ तस्बिर सार्वजनिक गरेको हो ।
विपिनसहित ४८ जना ७ अक्टोबर २०२३ देखि हमासको नियन्त्रणमा छ । तर यता इजरायली सञ्चारमाध्यमका अनुसार ती बन्दीहरुको नाम रोन अराडको नाम राखेर इजरायलले फेरी सैन्य कारबाही सुरु गरे उनीहरु पनि आराड जस्तै हराउने धम्की दिएको उल्लेख गरेका छन् । उनीहरु सबैको नाम अराड राखेर सार्वजनिक भएको तस्विरमा केही सब्द हिब्रु भाषमा लेखिएका छन् । जसको अर्थ लगाउदै इजरायली सञ्चारमाध्यमले यस्तो जनाएका हुन् ।