०४ कार्तिक २०८२, सोमबार

विभिन्न देशका लागि दसैँ टीका लगाउने साइत सार्वजनिक

काठमाडौँ, ४ असोज। अन्तरराष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले यस वर्षको विजयादशमीको टीका लगाउने शुभ साइत विभिन्न देशका लागि सार्वजनिक गरेको छ।

समितिको आज बसेको बैठकले विदेशमा बसोबास गर्ने वैदिक सनातन हिन्दू धर्मावलम्बीहरूलाई लक्षित गर्दै स्थानीय समयअनुसार साइत तोकेको हो। समितिका सदस्य–सचिव आचार्य लक्ष्मण पन्थीका अनुसार यसअघि विभिन्न देशबाट जिज्ञासा उठेकाले तिथ्यादिको स्थानीय मानअनुसार शुभ साइत निर्धारण गरिएको हो।

नेपालमा असोज १६ गते बिहान ११ः५३ बजे टीकाको उत्तम साइत तोकिएको छ। भारतको दिल्लीमा सोही दिन ११ः४९ बजे टीका लगाउन सकिनेछ। अमेरिकामा भने राज्यअनुसार फरक–फरक साइत तोकिएको छ—न्युयोर्कमा अक्टोबर १ तारिख बिहान ११ः२५ बजे, फ्र्याङ्कर्फट (केन्टुकी) मा ११ः५७, वोवेन्स्वोरो (केन्टुकी) मा ११ः०५, टेक्सासमा ११ः३३, वासिङ्गटन डिसीमा ११ः३५, क्यालिफोर्नियामा ११ः११ र कोलोराडोमा ११ः२९ बजे टीकाको साइत शुभ मानिएको छ।

क्यानडामा टोरन्टोमा अक्टोबर १ तारिख बिहान ११ः५५ र भ्यानकुभरमा ११ः३३ बजे साइत तोकिएको छ। जापानको टोकियोमा ११ः३१, अष्ट्रेलियाको सिड्नीमा ११ः४३, मेलबर्नमा ११ः१९, व्रीसवेनमा ११ः५३, एडिलेडमा ११ः३५, क्यानबेरामा ११ः५१, तास्मानियामा ११ः४५, पर्थमा ११ः२५ र डार्बिनमा ११ः४७ बजे टीका लगाउन सकिनेछ।

न्यूजिल्यान्डको बेलिङ्गटनमा अक्टोबर २ तारिख बिहान ११ः२३ बजे साइत शुभ रहेको समितिले जनाएको छ। यस्तै, यूरोपका लिस्बन (पोर्चुगल) मा बिहान ०९ः२३, लण्डनमा ०९ः१७, पेरिसमा ०९ः५७, ओस्लोमा १०ः०३ र जेनेभा (स्विट्जरल्याण्ड) मा १०ः२५ बजे साइत तोकिएको छ।

एशियाली मुलुकहरूमा क्वालालम्पुर (मलेसिया) मा ११ः११, सिङ्गापुरमा ११ः०९, हङ्कङमा ११ः४५, बैंकक (थाइल्याण्ड) मा १०ः४५, सियोल (दक्षिण कोरिया) मा १०ः५७, याङ्गून (म्यानमार) मा १०ः२७, तेल अभिभ (इजरायल) मा ११ः३५, दोहा (कतार) मा १०ः१३, अबुधाबी (युएई) मा १०ः५५ र साउदी अरेबियामा पनि बिहान १०ः५५ बजे टीकाको साइत शुभ रहेको समितिले स्पष्ट पारेको छ।

समितिका अध्यक्ष प्रा. डा. माधव भट्टराई र उपाध्यक्ष प्रा. डा. देवमणि भट्टराईका अनुसार यी सबै साइत सम्बन्धित देशको स्थानीय समयअनुसार तोकिएका हुन्।

प्रतिक्रिया
मिल्दोजुल्दो

If you have any questions about this Privacy Policy or your information, please contact us:

Email: [[email protected]]
Phone: 9852066206
Address: [Biratnagar nepal]